Print

पर्वत सेवा समाजले पर्वतका ५० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरयो

६ भदौ, पर्वत । मातृभूमिकालागी पर्वत सेवासमाज इजरायल शाखा को आर्थिक सहयोगमा आज मोदि गाउपालिका ६ दराक को दलित बस्तीमा रहेको महे प्रावीका ५० जना बिद्यार्थी हरुलाइ शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।

मोदी गाउँपालिका ६ का वार्ड अध्यक्ष बिमल लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अर्जुन प्रसाद पौडेलले गरेका थिए ।

विपन्न वर्गका विद्यार्थीहरुका लागि उक्त सहयोग प्रदान गरिएको हो । सहयोग वितरण कार्यक्रमको स्वागत कोषाध्यक्ष दुर्गा सापकोटा, सन्चालन सचिब अर्जुन पौडेल निर्जनले गरेका थिए ।

सहयोग स्वरुप विद्यार्थीलाई स्विसको ल्यापटप झोला, पेन्सिल, कपी, ज्यामिती बकस लगायतका सामनग्री प्रदान गरिएको थियो ।