६ साउन, पर्वत । युवा समाजसेवी सन्तोष पौडेलको स्मृतिमा कुश्मा नगरपालिका वडा न ८ दोविल्लामा प्रतिक्षालय निर्माण गरिएको छ । सन्तोष स्मृति प्रतिष्ठानले उक्त प्रतिक्षालय निर्माण गरेको हो । रोट्रायाक्क क्बल अफ पर्वतका अध्यक्ष तथा युवा संघका जिल्ला सदस्य पौडेलको दुई बर्ष अघि मोटरसाइकल दुर्घटनामा पनि पोखरामा मृत्यु भएको थियो ।
कुश्मा नगरपालिका वडा न ११ घर भई कुश्मा नरपालिका वडा न ७ मा बसोवास गर्दै आएका पौडेलले क्लब मार्फत सामाजिक सेवामा सक्रिय थिए । उनलेका सामाजिक क्रियाशिलाको स्मरण स्वरुप जिल्लामा सक्रिय युवाहरुको सक्रियतामा उक्त प्रतिक्षालय निर्माण भएको हो ।
२६ बर्षिय पौडेलको मृत्युसंगै उनको नाउँमा दोविल्ला स्थित चोकलाई सन्तोष चोक समेत नामाकरण गरिएको छ ।




