Print

मंसीर १० गतेको चुनावमा पर्वतमा ७ हजार ८ सय सय मतदाता थपिए (कहाँ कहाँ कति थपिए विस्तृतमा)

६ भदौ, पर्वत ।  साउन १ गते देखि शुरु भएको मतदाता संकलन कार्य सकिएको छ । पहिलो चरणको स्थानिय तहको निर्बाचन पछि पर्वतमा झण्डै ८ हजार मतदाता थपिएका छन । जिल्ला निर्वाचन कार्यालयले पर्वतका सात वटै स्थानिय तहमा पुगेर मतदाता नामावली संकलन गर्ने क्रममा ७ हजार ८ सय ८९ जना मतदाता थप भएका हुन ।  पर्बतका ७ वटै स्थानिय तहमा कर्मचारी पुगेर मतदाता नामवली संकलन कार्य गरिएको थियो । पर्बतका ७ वटै स्थानिय तहमा संकलीत नामबली अनुसार ३ हजार ८ सय ३५ महिला र ४ हजार ५४ पुरुष गरी जम्मा ७ हजार ८ सय ८९ जना मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।

यसमध्ये सबैभन्दा धेरै मोदी गाउँपालिकामा नयाँ मतदाता थपिएका छन् भने सबैभन्दा कम महाशिला गाउँपालिकामा रहेका छन् । मोदी गाउँपालिकामा महिला ५ सय ४ र पुरुष ५ सय ३ गरी जम्मा १ हजार ७ जना नयाँ मतदाता थपिएका हुन भने महाशिला गाउँपालिकामा महिला १ सय ४० र पुरुष १ सय ४९ गरी जम्मा २ सय ८९ मतदाता थपिएका हुन । त्यस्तै अन्य गाउँपालिका र नगरपालिका अन्र्तगत फलेबास नगरपालिकामा महिला ४ सय ६० र पुरुष ४ सय ३ गरी ८ सय ८३ मतदाता नयाँ रहेका छन् । उता जलजला गाउँपालिकामा ८ सय ७६ जना नयाँ मतदाता रहेका छन् जसमा महिला ३ सय ९७ र पुरुष ४ सय ७९ पैयु गाउँपालिकामा ७ सय ५६ मतदाता नयाँ छन् महिला ३ सय ३० र पुरुष ४ सय २६ रहेका छन् भने बिहादी गाउँपालिकामा महिला २ सय ७४ महिला र पुरुष २ सय ९० गरी ५ सय ३७ मतदाता नयाँ थप भएको जिल्ला निर्बाचन कार्यलय पर्बतले जानकारी दिएको छ ।

निर्वाचन आयोगले देशैभरी मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेकाहरुको लागि साउन १६ गतेदेखि ३२ गतेसम्म स्थानीय तहमा नै टोली खटाउने निर्णय गरेको थियो । यसअघि दुई हप्ता सम्म जिल्ला निर्बाचन कार्यलयबाट नै छुटेका मतदाताहरुको फोटो सहित विवरण संकलन गरेर मतदाता नामवली संकलन गरेपनि कार्यलयले २ हप्ता पछि कुश्मा नगरपालिका बाहेक ६ स्थानिय तहमा टोली परिचालन गरी नामवली संकलन गरेको हो ।

देशैभरी मतदाता नामवली संकलन कार्यमा देखिएको भिडभाडको सनर्दभलाई लिएर निर्बाचन कार्यलयले फेरी ३ दिनको समय राखेर नामवली संकलन गरेको थियो । पछि थप गरिएको ३ दिनको समयमा पर्बतमा झण्डै २ हजार मतदाता थपीएका छन् । गाउँमा नेपाली नागरिकता नभएका कारण मतदाता हुनबाट छुटेकाहरुका लागि स्थानिय तहमा नै पुगेर नागरिकता समेत बितरण भएको थियो । जिल्ला प्रशासन कार्यालयले मतदाता परिचयपत्र टोली संगै फलेबास नगरपालिका तथा महासिला, बिहादी, मोदी, जलजला र पैंयु गाउँपालिकामा पुगेर नागरिकता बितरण गरेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।