१९ वैशाख, पर्वत । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पर्वतमा आज उमेदवारहरुले आफ्नो उमेदवारी दर्ता गरेका छन । जिल्लाका २ नगरपालिका र ५ वटा गाउँपालिकामा आज उमेदवारी दर्ता गरिएको हो । सवै स्थानीय तहमा उमेदवारी दर्ता सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उमेदवारी दर्ताका लागि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र अन्य साना दलहरुले आफ्नो उमेदवारी दर्ता गराएका छन । एमाले र कांग्रेसले ठूलो संख्याको ¥याली सहित उमेदवारी दर्ता गराएका थिए । केहि स्वतन्त्रले समेत आफ्नो उमेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।
फोटो फिचर





