१९ वैशाख, पर्वत । नेकपा एमाले पर्वतले ६१ वटा र ७ स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उमेदवारी टुंगाएको छ । एमालेले सोमवार राती सवै उमेदवार टुंगाएको हो । एमाले अध्यक्ष पदम गिरीका अनुसार प्रमुख उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष प्रदेश कमिटिले टुगाएको हो । यसैगरी विवादीत वडाहरु भने अध्यक्ष गिरी, उप सचिव गोविन्द पहाडी, क्षेत्रीय अध्यक्ष शान्त पौडेल सम्मेलित नेतृत्वले विना विवाद टुंगाएको हो । उमेदवारी टुंगाएसंगै एमाले कार्यकर्ताहरुमा भने सोमबार राती देखि नै चुनाव रंगले छोएको छ । आज स्थानीय तहको निर्वाचनका लागि दिउँसो ११ बजेदेखि बेलुका ५ बजेसम्म एमालेलाई उमेदवार दर्ता गर्ने समय तोकिएको छ । उक्त समयमा एमालेले बाजागाजा र ¥याली सहित उमेदवारी दर्ता गर्ने गरी तयारी गरेको एमालेको कुश्मा नगरपालिकाका प्रमुखका उमेदवार मेघनाथ सुवेदीले जानकारी दिए । उता, जलजला, मोदी, फलेवास, पैयू, विहादी र महाशिलामा पनि बाजागाजा र ¥याली सहित उमेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरेको छ । फलेवास नगरपालिकामा हजारौं कार्यकर्ताका वीच उमेदवारी दर्ताको तयारी भईरहेको नगरप्रमुखका उमेदवार तथा पार्टी सचिव पदमपाणी शर्माले बताए । एमालेको जीत नजिक मानिएको महाशिलालामा पनि बाजा गाजा सहित उमेदवारी दर्ताको तयारी भईरहेको छ । अन्य गाउँपालिका र नगरपालिकामा भन्दा कुश्मा नगरपालिकामा उमेदवारी दर्ता प्रक्रियालाई भने आम जनताले चासो पूर्वक हेरीरहेका छन ।
एमालेले यसरी टुंगायो उमेदवार, अन्तिम नामावली आजै उमेदवारी दर्ता अघि नै सार्वजनिक गरिने
नेकपा एमालेको तर्फबाट पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकामा पार्टीका सुर्य ध्वजाबहाक उमेदवारको टुंगो लगाएको छ । नेकपा९एमाले०को ४ नम्बर प्रदेश कमिटीले कुस्मा र फलेबास नगरपालिका तथा पाँच वटै गाउँपालिकामा उमेदबार टुंगो लगाएको हो । एमालेबाट कुस्मा नगरपालिकामा मेयर पदमा मेघनाथ सुबेदी र उपमेयर पदमा मुगा पोखरेललाई उमेदवार बनाएको छ भने फलेबास नगरपालिकामा पदमपाणी शर्मा मेयर र मञ्जु अधिकारीलाई उपमेयर बनाउने निर्णय गरेको छ । यस्तै गरि जलजला गाउँपालिकामा अध्यक्षमा लालबहादुर अधिकारी र उपाध्यक्षमा अनिता शर्मालाई उमेदवार बनाएको छ भने मोदी गाउँपालिकामा प्रेम पौडेल अध्यक्ष तथा सेती महतलाई उपाध्यक्षमा उमेदवार बनाएको छ ।
बिहादी गाउँपालिकामा अध्यक्षम कमल भुसाल र उपाध्यक्षमा डम्बरकुमारी गुरुङ्ग उमेदवार भएका छन । पैंयु गाउँपालिकामा भने यस अघि गाउँपालिका संगठन कमिटीले मित्रलाल बस्यालको नाम मात्रै पठाएपनि प्रदेश कमिटीले भने महेन्द्र श्रेष्ठ र बस्यालको बिचमा बिबाद टुंगो लगाउने जिम्मा दिएको छ । प्रदेश संयोजक किरण गुरुङ्गले बस्याल र श्रेष्ठ मध्ये एकलाई उमेदवार बनाउने छन उपाध्यक्षमा भने गोमताकुमारी शर्मा उम्मेदवार बन्ने लगभग पक्का भएको छ । उनको हकमा बिबाद नरहेको बताइएको छ ।
महासिला गाउँ पालिकामा यसअघि नै अध्यक्षमा राजु पौडेल र उपाध्यक्षमा हिरा थापा सर्वसम्मत भैसकेका छन । यसैगरी कुस्मा नगरपालिकाको वडा नं ६ मा रुद्र गिरी अध्यक्ष, वडा नं ११ पिपलटारीमा अम्मर बिक९सुजन०, वडा नं १२ मा राजेन्द्र पौडेललाई उमेदवार बनाउने निर्णय पनि जिल्ला कमिटीले गरेको छ । एमालेको तर्फबाट बाजुङ्गमा अध्यक्ष पदमा निर्णय गर्न बाँकी छ ।




