Print

मोदी गाउँपालिकामा ३ महिने सिलाई कटाई तालिम शुरु

१३ वैशाख, पर्वत । जिल्ला युबा समिति पर्बतको आयोजनामा मोदि गाउँपालिकामा ३ महिने सिलाई कटाई तालिम सुरु भएको छ । महिलाहरुको क्षमता अभिबृद्धिका लागी आयोजना गरिएको तालिमको राष्ट्रिय युबा परिषदका उपसचिब कर्ण बहादुर भुवाजिले उद्घघाटन गर्नुभयो ।

उद्घाटन पछि बोल्दै भुवाजिले महिलाहरुलाई अगाडी ल्याउनका लागी सिपमुलक तालिम प्रभावकारी बन्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा उर्तान समेत प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सामाजिक, शैक्षिक, राजनितिक लगायत सरकारका हरेक निकाय तथा तहमा महिलाहरुको समान प्रतिनिधित्व हुनुपर्ने भन्दै महिलाहरु आत्मनिर्भर, सचेत र संगठित हुनुपर्ने खाचो औल्याएका थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग बिकास समिति पर्बतका कार्यलय प्रमुख, नेपाल पत्रकार महासंघ पर्बतका सचिब गणेश गिरी, दि मेगा कार्यक्रमका संंयोजक सिता शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला युबा समिति पर्बतका अध्यक्ष बिमल लामिछानेको अध्यक्षता, युबा समिति पर्बतका कार्यलय प्रमुख हेमनारायण चापागाईको स्बागत  तथा स्थानिय समाजसेबी तारापति तिमिल्सीनाको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा मोदि गाउँपालिकाका १० जना महिलाहरुको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । तालिम ३ महिना सम्म जारी रहनेछ ।