Print

भुकम्प गएको २ बर्षसम्म पनि पर्वतका पिडितहरु घरवार विहिन (तस्विर कथा)

१३ वैशाख, पर्वत । विनाशकारी भूकम्प गएको दुई वर्ष हुदाँ समेत पुनर्निमाणको सुस्त गतिले पर्वतका आम जनता निराश भएका छन् ।
पर्वतको रानीपानी,शालिग्राम,बेहुलीवास,तिलाहर,हुवास लगाएतका ठाउँमा दुई बर्ष अघिको भूकम्पले तहसनहस बनेको थियो । भूकम्प गएको दुई बर्ष बितिसक्दा पनि उक्त स्थानहरु तङ्ग्रिन सकेको छैन ।

भुकम्प गएको २ बर्षको अबधिमा ३ सरकार परिर्वत भए तर अपेक्षाकृत रुपमा बस्ती पुनर्निमाण नहुँदा पर्वतबासी निराश छन् ।
पर्वतको रानीपानीमा ७० प्रतिशत संरचना भूकम्पले भत्केको थिए । तत्कालका लागि विदेशी संघसंस्थाले केही राहत सामग्री वितरण गरे पनि सरकारको तर्फबाट पुनर्निर्माणका लागि वितरण गरिएको रकम समयमै नआएकोले उनीहरु अझै पनि टहरा र त्रिपालमा दिनरात कटाउन बाध्य छन् ।

भूकम्प गएको पनि दुई वर्ष पुरा भई तीन बर्षमा टेकेको छ । तर पनि भूकम्प प्रभावितहरुको अवस्था जस्ताको तस्तै छ । जनता अहिले पनि राहत र पुनर्निर्माणको पर्खाइमै छन् भने राज्यले बेवास्ता गरिरहेको रानीपानीका असोक बि.क.ले गुनासो गर्नुभयो ।