Print

एमाले पर्वतले ६१ मध्ये ४४ वडामा उमेदवार टुंगायो (नामावली सहित)

१३ वैशाख, पर्वत । नेकपा एमाले पर्वतले जिललका ६१ वडा मध्ये ४४ वटा वडामा वडाअध्यक्षहरु सर्वसहत छनौट गरेको छ । यसैगरी १ गाउँपालिका प्रमुख पनि सर्वसहमत छनौट गरेको एमालेले जनाएको छ । बाँकी १७ वटा वडामा पनि छलफल भईरहेको र केहि दिनमै छनौट गरिने एमाले पर्वतका प्रचार विभाग सचिव किशोर सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार जिल्ला कमिटिको वैठकले वडा तहका आकाक्षीहरु वीच वडा तहमै छलफलका लागि पठाएका कारण अधिकांश वडाको वडा तहमै छलफल टुंगीने र नटुंगीएका बाँकी वडा तहका उमेदवारहरुको छनौट मात्र जिल्ला कमिटिले गर्ने गरी तयारी भईरहेको छ । गाउँपालिका प्रमुख र उपप्रमुख तथा नगरपालिका प्रमुख र उप प्रमुखका उमेदवार भने प्रदेश कमिटिले टुंगाउनेछ ।