१२ वैशाख, पर्वत । कवि तथा गितकार लेखनाथ शर्मा पौडेलको तेस्रो कृति “गौरी शंकर गीत मञ्जरी” को विमोचन गरिएको छ । चौतर्फी विकास श्रोत मञ्च पवतको आयोजानमा आज एक कार्यक्रमका विच कृति विमोचना गरिएको हो । राष्ट्रिय सरल कवि शान्तिनारायण श्रेष्ठ उक्त कृतिको विमोचना गर्नुभएको थियो ।
विमोचना कार्यक्रममा बोल्दै राष्ट्रिय सरल कवि श्रेष्ठले कवि पौडेलले देशको समग्र विषयबस्तुलाई सरल रुपमा कविता र गितको माध्येमवाट समेटेको बताउनु भयो । उहाँले साहित्य समाजलाई चिनाउने विषय भएकाले साहित्यको प्रवद्धन र विकासमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कृतिको समिक्षा गदै साहित्यकार तथा रेडियो शालिग्राका स्टेशन म्यानेजर ओमप्रसाद घायलले पौडेलले मिहिनेताका साथ रचना गरेर प्रकाशन गरेको भन्दै यसले समाजमा सचेतना फैलाउन सहयोग पुग्ने बताउनु भयो । कृति भित्र ईश्वर वोध, प्रकृति प्रेमर चेतनाको सन्देश अनि मान्छेको जीवन भागाईका विविध पक्षहरुलाई सहज शव्द संयोजनमा प्रस्तुत गरिएको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा लेखक लेखनाथ शर्मा पौडेल, लोकतन्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेशवहादुर क्षेत्री, नागरिक संजाल पर्वतका अध्यक्ष राजेन्द्र पहाडी, नेपाल वार इकाई पर्वतका अध्यक्ष विश्वराज पाण्डे, फेकोफन पर्वतका अध्यक्ष किशोर सापकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
चौतर्फी विकास श्रोत मञ्चका अध्यक्ष कालिकाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य श्रोत मञ्चका उपाध्यक्ष नारायण गिरी र कार्यक्रमको सञ्चालन श्रोत मञ्चका सचिव शिवराज शर्माले गर्नुभएको थियो । पौडेलका अहिलेसम्म तिन वटा कृति प्रकाशित भइसकेका छन् । जसमा भावना लोक तथा आधुनिक गीत सङग्रह–२०७१, चुडामणि भजन सङग्रह– २०७३, र गौरी शंकर तीज गीत मञ्जरी– २०७३ रहेका छन् ।




