Print

यसरी बने अर्याल आइजिपी

चैत २९, काठमाडौं । मंगलबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल नियुक्त भएको खबरलाई प्रमुखताका साथ छापेका छन् । सरकारले मधेसी दलहरुको असन्तुष्टिलाई सम्बोधन गर्नेगरी संसद्मा संविधान संशोधनको नयाँ प्रस्ताव पेश गर्ने निर्णय गरेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले आफ्नो पहिलो पृष्ठमा स्थान दिएका छन् ।

आजको गोरखापत्र दैनिकले प्रधानमन्त्री प्रचण्डले संघीय संरचनामा सरकारका तहबीच दोहोर कर नलाग्ने भनेर व्यक्त गरेको भनाइलाई प्रमुख सामाचार बनाएको संशोधनको नयाँ प्रस्ताव पेश हुनेदेखि महानिरीक्षकमा प्रकाश अर्याल नियुक्तम्मका खबर आजको गोरखापत्र दैनिकमा छापिएका छन् ।

नागरिक दैनिकले प्रहरी प्रमुखमा प्रकाश अर्यालय नियुक्त भएकोदेखि डलर तस्करीमा सरकारी पाइलट संलग्न भएकासम्मको खबर प्रथम पृष्ठमा छापेको छ । दलहरुले स्थानीय तह निर्वाचनको खर्च कसरी जुटाउँदै छन् भन्ने अर्को खबर पनि नागरिकको पहिलो पृष्ठमै अटाएको छ ।प्रकाश अर्याल आईजीपी बनेको खबरलाई अन्नपूर्ण पोस्ट दैनिकले पहिलो पृष्ठमा छापेको छ ।
कान्तिपुर दैनिकले नयाँ संशोधन प्रस्ताव तयार भएको र उक्त प्रस्ताव आज संसद्मा पेश हुने खबर पहिलो पृष्ठमा लेखेको छ । आइजिपीमा प्रकाश अर्याल नियुक्त भएको र उनले राति नै दज्र्यानी चिह्न लगाएको अर्को खबर पनि आजको कान्तिपुर दैनिकमा छ ।

नयाँ पत्रिका दैनिकले ‘यसरी बने अर्याल आइजिपी’ शीर्षक दिएर मुख्य खबर छापेको छ । सिरहामा भीषण आगलागी हुँदा दलितका ५० घर जलेर नष्ट भएको देखि संघीयतामा तेहोरो कर हुँदैन भनेर प्रधानमन्त्रीले व्यक्त गरेका भनाइलाई नयाँ पत्रिकाले छापेको छ ।

२०७३ चैत २९ गते ६:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस