२२ चैत्र, पर्वत । गर्मीयाम सुरु भएसँगै पर्वतमा खानेपानीको समस्या बढ्दै गएको छ । जिल्लाको फलेवास नगरपालिका–३ साविक शंकरपोखरी गाविसमा खानेपानीको समस्या भएको हो । उचित मुहानको व्यवस्था नहुँदा र मुहानको पानी सुक्दै जानथालेपछि खानेपानीको समस्या भएको स्थानिय शिक्षक हरिप्रसाद तिवारीले बताउनु भयो ।
जिल्लाको उच्च स्थानमा रहेको सो क्षेत्रमा बर्षनी खानेपानीको अभाव भएको छ । खानेपानीको उचित श्रोत नहुँदा र जनसङख्या बृद्धि भए सँगै शंकरपोखरी गाविसमा खानेपानीको समस्या भएको तिवारीको भनाई छ । खानेपानीको समस्या हुँदा दैनिकी कष्टकर बन्दै गएको उहाँले बताउनु भयो ।
करिव १२ सय घरधुरी रहेको उक्त गाविसमा अहिले १ दर्जन धारामा पानी आउने गरेको छ । विहान बेलुका खानेपानीको जोहो गर्नेमा दिन वित्ने गरेको स्थानिय पूर्णवहादुर वहादुर दर्जीले बताउनु भयो । पिउने पानी नहुँदा पानीकै लागि २ घण्टा टाढा जानुपर्ने बाध्यता रहेको उहाँको भनाई छ । खानेपानीको समस्या बढ्दै जान थालेपछि दैनिकी कष्टकर बन्दै गएको स्थानियवासीले बताएका छन् ।
नजिकै पानीको श्रोत नभएपछि स्याङ्जाको डहरेलेकबाट पाईप मार्फत खानेपानीकोे आयोजना सञ्चालन गरिएको भएपनी गर्मीयाममा त्यहाँको श्रोत सुक्ने भएकाले समस्या बढ्दै गएको स्थानियवासीको भनाई छ ।
साविक शंकरपोखरी गाविसको मुहान करिव १७ किलोमिटर टाढा छ । खानेपानीको समस्या भएपछि साविक शंकरपोखरी गाबिसका वार्ड नम्बर १ र ५ मा बर्षाको पानी संकलनका लागी फनवोर्ड नामक संस्थाले घैटो बनाईदिएको भएपनि खडेरीको कारण घटौँ रित्तिएका छन् । घटौँ रित्तिए सँगै लुगा धुन,नुहाउन र गाईभैँसीलाई ख्वाउन समस्या भएको छ । घैँटो रित्तिएपछि उनीहरु बर्षायाम कहिले लाग्ला भनेर कुरेर बसेका छन् । गाबिसका बासिन्दा पानीको समस्याले बर्षेनी बसाईसराई गर्ने थालेका छन् ।– साजन परियार





प्रतिकृया दिनुहोस्