२१ चैत्र, पर्वत । नेपाल सरकारका उपप्रधानमन्त्री कमल थापाले आगामी वैशाख ३१ गते जसरी पनि चुनाव गराएरै छाड्ने उदघोष गरेका छन । पर्वतको कुश्मामा भएको सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्दै थापाले चुनाव हुने वा नहुने भन्ने कुनै द्धिविधा अव भने नरहेको स्पष्ट पारेका हुन ।
राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले केहि शक्तिहरु चुनाव भाड्ने षडयन्त्रमा लागेको बताउँदै त्यस्ता षडयन्त्रलाई सरकारले चिर्छ पनि भने । उनले राप्रपाका एजेण्डाहरु जनताका एजेण्डा भएका कारण राप्रपा अगामी निर्वाचनमा धेरै स्थानमा आफ्नो पकड जमाउने बताउदै राप्रपा प्रति विश्वास गर्न जनतालाई आग्रह समेत गरे ।
स्थानीय चुनाव हुनुपर्छ भनेर राप्रपाले विगत लामो समय देखि उठाउदै आएका कारण राप्रपा नेपालको एउटा एजेण्डा पुरा भएको उनले जिकिर समेत गरे । १९ बर्ष पछिको स्थानीय निर्वाचनलाई सामान्य रुपमा लिनुपर्ने बताउँदै उनले चुनावमा राप्रपाको एजेण्डा जनतासामू लैजान कसैले पनि अवरोध गर्न नसक्ने समेत बताए ।





प्रतिकृया दिनुहोस्