२१ चैत्र, पर्वत । जिल्लाको दक्षिण क्षेत्रमा मोटरेवल पुल बन्ने भएको छ । जिल्लाको फलेवास नगरपालिका स्थित दोविल्ला–हुवास सडक खण्डको चिर्दिखोलामा उक्त पुल निर्माण हुने भएको हो ।
नेपाल सरकारको अनुदानमा कुल १ करोड ६४ लाखको लागतमा उक्त पुल निर्माण हुन लागेको जिल्ला प्राविधिक कार्यालयका निमिक्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद भण्डारीले बताए । फलेवास नगरपालिकाको लिमिठाना र कुर्घा जोड्ने गरी निर्माण हुन लागेको उक्त पुलको कुल लम्बाई १८ दशमल ६ मिटर रहेको छ ।
अहिले निर्माण कार्यको लागि टेण्डर प्रक्रियामा रहेका कारण ठेकेदार कम्पनीसंग सम्झौता भएको १५ महिना भित्र उक्त पुलको निर्माण कार्य सकिने भण्डारीले बताए ।
पुल निर्माण भए पछि दक्षिण पर्वतको महाशिला गाउँपालिका, फलेवास नगरपालिका र पैयू गाउँपालिका क्षेत्रका जनतालाई यात्रामा सहज हुनेछ । पुल नहुँदा बर्षातको समयममा यात्रा कष्टकर हुँदै आएको थियो ।





प्रतिकृया दिनुहोस्