Print

वैशाख १२ गते कुश्मामा भाग्यले बाँचेकाहरु प्रदर्शन हुने

१३ चैत्र, पर्वत । विनाशकारी भुकम्पको स्मरणमा रोटरी क्लब अफ पर्वतले आगामी वैशाख १२गते कुश्मामा भाग्यले बाँचेकाहरु डकुमेन्ट्री  प्रदर्शन गर्ने भएको छ ।

क्लबले दिएको जानकारी अनुसार वैशाख १२ गते गएको विनाशकारी भुकम्पको स्मरण गर्दै एम्बुलेन्स खरिद सहयोगार्थ उक्त डकुमेन्ट्री प्रदर्शन गर्न लागिएको हो ।

पत्रकार गणेश पाण्डेद्धारा निर्देशित डकुमेन्ट्री भाग्यले बाँचेकाहरुमा भुकम्पबाट ज्यान गुमाउन सफल केहि ब्यक्तिहरुको बारेमा चर्चा गरिएको छ ।

दजर्नौ अवार्डहरु प्राप्त गर्न सफल डकुमेन्ट्रीले अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाएको छ । डकुमेन्ट्री प्रदर्शनबाट प्राप्त भएको आम्दानीले सामाजिक सेवाका साथै एम्बुलेन्स खरिदमा खर्च गरिने क्लबका अध्यक्ष गणेश पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस