११ चैत्र, पर्वत । अखण्ड नेपाल पार्टी एमालेमा विलय भएको छ । शुक्रबार पर्वतमा आयोजीत एक कार्यक्रमका वीच अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष एवम् केन्द्रिय सदस्य नरबहादुर क्षेत्री सहितका जिल्ला स्तरीय नेताहरु एमालेमा प्रवेश गरेसंगै अखण्ड नेपाल पार्टी एमालेमा विलय भएको हो ।
उता, नेकपा एमालेमा कांग्रेस, राप्रपा र माओवादी सहितका झण्डै ३ सय जनाको संख्याका कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन । कार्यक्रममा म्याग्दी र बागलुङका अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्षहरु पनि सोहि कार्यक्रम मार्फत एमालेमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्ने कार्यकर्ताहरु एमालेका उपाध्यक्ष बामदेव गौतमले टिका लगाई पार्टीमा स्वागत गरेका हुन ।
थप तस्विरहरु सहित






प्रतिकृया दिनुहोस्