Print

कोरीयन डाक्टरले बिद्यालयलाई सहयोग गरे

१२ चैत्र, पर्वत । कुश्मा नगरपालिका वडा नम्बर १८ छापमा रहेको एक प्रथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लागि एक कोरीयन डाक्टरले ३८ हजार नगद र बिद्यार्थीको लागि बिभिन्न शैक्षिक सामाग्रीहरु सहयोग गर्नुभएको छ ।

कोरीयाको ख्वाजु अस्पतालका प्रमुख डाक्टर संङ हिङ हङले नगद र शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । समग्र स्बास्थ नेपालकका अध्यक्ष रुद्र शर्माको पहलमा उहाले बिद्यालयमा अध्ययनरत बिद्यार्थीको अध्ययनमा थप टेबा पुग्ने उदेश्य स्बरुप सहयोग गर्नुभएको शर्माले बताउनुभयो ।

शुक्रबार छापमा रहेको भगबति प्रथामिक बिद्यालयमानै पुगी नगद र शैक्षिक सामाग्री बिद्यालयमा अध्ययनरत ३५ बिद्यार्थीहरुलाई हस्तान्त्रण गर्नुभएको छ । नगद तथा शैक्षिक सामाग्री हस्तान्त्रण पछि बोल्दै उहाले कोरियालि जनताहरु पनि पहिला नेपालको जनता जस्तै गरिब रहेको भन्दै सबै कोरियाली जनताहरु एकजुट भएर कोरियाको बिकास भएको स्मरण गराउनुभयो ।

उहाले नेपालि जनताहरुले पनि कोरीयालि जनताहरुको जस्तै एकजुट भएर अगाडि बढ्न सके नेपाल पनि कोरीया जस्तै बिकसीत हुनेमा कुनै दुई मत नरहेको उहाको भनाई थियो ।

उहाले नेपालमा रहेका बिभिन्न बिद्यालयको अबस्था देखेर आफुलाई सहयोग गर्न भाबना आएको भन्दै आफ्नो सानो सहयोगको सही सदुपयोग गर्ने बिद्यार्थीहरुलाई निर्दशन गर्नुभयो ।

सहयोग हस्तान्त्रण कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारी, समग्र स्बास्थ नेपालकका अध्यक्ष रुद्र शर्मा, अस्पताल समिति पर्बतका अध्यक्ष शिब पौडेल, बिद्यालयका पुर्ब अध्यक्ष सुकदार देबेनद्र बम मल्ल, नेपालि काग्रेस गाउँ सभापति गाणेश मल्ल, समाजसेबी शिब पौडेल लगायतले बोल्नुभएको थियो ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष पार्बती गिरीको अध्यक्षता बिद्यालयका शिक्षक सुजन बम मल्लको स्बागत रहेको कार्यक्रमको सञ्चालन बिद्यालयका प्राचार्य गोबिन्द रिमालले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस