तपाई हामी सबैमाझ लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका सिइयो मार्क जुकरबर्गको घर कस्तो होला यो आम चासोको विषय हो । उमेरले ३२ वर्ष मात्रै भएका जुकरबर्गले हार्डवर्ड विश्वविद्यालयमा अध्यायन गरिरहँदा सन् २००४ मा फेसबुकलाई जन्म दिएका थिए । सादा जीवन उच्च विचारमा विश्वास गर्ने जुकरबर्गको मेहनतले आज विश्वलाई साँघुरो बनाइदिएको छ ।
दशौं बिलियन डलरका मालिक जुकरबर्ग बस्ने घरको बारेमा हामीले यहाँ जानकारी प्रस्तुत गरेका छौं ।

उनी अमेरिकाको क्यालिफोर्निया स्थित पालो अल्टोमा बस्दै आएका छन् । उनी बस्ने घर काठद्धारा निर्मित छ । घरको अगाडी झण्डाहरु रहेका छन् । त्यस्तै घरमा एउटा सानो स्विमिङ पुल समेत रहेको छ । घरलाई अत्यान्त सुन्दर तरिकाले सजाइएको छ । घर निर्माणमा प्रयोग गरिएका वस्तुहरु अत्यान्त सरल छन् तर महँगो पनि छ । घरको मूल्य झण्डै ७ मिलियन डलर पर्छ । जुकरबर्ग, उसको परिवार श्रीमती, छोरी र एउटा कुकुर उक्त घरमा बस्दै आएका छन् ।

जुकरबर्गको घरमा रहेको स्विमिङ पुल

आफ्नो घरको भान्छामा श्रीमतीसँग जुकरबर्ग

आफ्नो कुकुरसँग जुकरबर्ग

जुकरबर्गको बैठककोठा





प्रतिकृया दिनुहोस्