Print

फलेवास नगरपालिकाको कुर्घामा आगो लाग्यो, ८ लाख बराबरको क्षति

७ चैत्र, पर्वत । जिल्लाको फलेवास नगरपालिका स्थित कुर्घामा एक कृषकको गोठमा लागेको आगोबाट झण्डै ८ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार प्रेमबहादुर थापाको गोठमा आगो लाग्दा ७ वटा बाख्रा, २ वटा भैंसी जलेर नष्ट भएका छन ।

अहिले साँझ लागेको आगोबाट घरका ७० बोरा थान सिमेन्ट समेत जलेर नष्ट भएका छन ।गोठमा एक्कासी लागेको आगोलाई प्रहरी र स्थानीयको सहयोगमा भने नियन्त्रणमा लिईसकिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस