७ चैत्र, पर्वत । पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी पर्वतले सोमवार जिल्ला निर्वाचन कार्यालय पर्वतमा ज्ञापन पत्र बुझाउनुका साथै एक घण्टा धर्ना दिएको छ ।
आयोगले गरेको उक्त निर्णय नेपालको संविधान २०७२ को मर्म र भावना विपरित भएको भन्दै उक्त निर्णय तत्काल सच्याउन माग गरिएको छ । राप्रपाका जिल्ला अध्यक्ष इश्वर गिरीले उक्त ज्ञापनपत्र जिल्ला निर्वाचन अधिकारी लक्षु शर्मालाई हस्तान्तरण गरे । सो अवसरमा निर्वाचन आयोगले उक्त निर्णय नसच्याएमा मुलुकमा पुन अर्को समस्या पैदा हुने भएकाले तत्काल सच्याउनका लागि आग्रह गरिएको थियो ।
सोहि अवसरमा नाराबाजी र जुलुस सहित कार्यालय पुगेका कार्यकर्ताहरुले एक घण्टा धर्ना समेत दिएका थिए । धर्नामा राप्रका अध्यक्ष इश्वर गिरी, नेताहरु प्रकाश पौडेल, ठाकुर भुसाल, देवेद्रविक्रम महत लगायतले सम्वोधन समेत गरेका थिए ।





प्रतिकृया दिनुहोस्