Print

प्रबासी नेपाली मन्च स्पेनको सहयोग मृगौला पीडितलाई

२ चैत्र, पर्वत । प्रबासी नेपाली मन्च स्पेनको सहयोगमा पर्वत खुर्कोट कि मृगौला पीडित सङ्गिता शर्मालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ  ।

नेकपा एमाले पर्वतको कार्यलयमा भएको एक कार्यक्रममा रु १७ हजार ५ सय रुपैया एमाले जिल्ला अध्यक्ष पदम गिरिले पीडित शर्माका बुबा टंक प्रसाद पौडेल लाई हस्तान्तरण गर्नु भएको हो ।

सङ्गिता शर्माका बुबा टक प्रसाद शर्माले हालसम्म उपचारको क्रममा भएको उपलब्धी बारे जानकारी गराउनु भएको थियो ।

शर्माको यहि चैत २९ गते बुबा टंक प्रसाद शर्माले मृगौला दिएर प्रत्यारोपण गर्ने तयारी भै रहेको छ । कार्यक्रमको सन्चालन नेकपा एमाले सचिवालय सदस्य शेषराज रेग्मीले गर्नु भएको थियो । – अर्जुन पौडेल निर्जन

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस