Print

पर्वतका ३ क्याम्पसमा अनेरास्वबीयुको कब्जा, एउटामा नेविसंघ, क्रान्तिकारी शुन्य

२० फागुन, पर्वत । गत वुधवारदेखि शुरु भएको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म पर्वतका चार वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ ।

सदरमुकाममा रहेको गुप्तेश्वर बहुमुखि क्याम्पस, कार्किनेटामा रहेको अन्नपुर्ण बहुमुखि क्याम्पस, लेखफाँटमा रहेको ग्रामप्रकाश बहुमुखि क्याम्पस र तिलाहारमा रहेको नवजागृत बहुमुखि क्याम्पसमा निर्वाचन सम्पन्न भएको हो । सवै ठाउँमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको सम्वन्धित क्याम्पसहरुले बताएका छन् ।
जस मध्ये गुप्तेश्वर बहुमुखि क्याम्पस कुश्मामा नेविसंघका शिशिर क्षेत्रीको अध्यक्षतामा उपाध्यक्ष र सचिब अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीको नेतृत्व हुने गरी सर्वसम्मत भएको छ ।
त्यस्तै अन्नपुर्ण बहुमुखि क्याम्पसमा अनेरास्ववियूका हिमाल श्रेष्ठको नेतृत्वमा एकल प्यानल बिजयी भएको छ भने नवजागृत बहुमुखि क्याम्पसमा पनि अनेरास्ववियूका अर्जुन परियारको अध्यक्षतामा एकल प्यालन निर्वाचित भएको छ ।
त्यस्तै उत्तरी पर्वतको लेखफाँट गाविसमा रहेको ग्रामप्रकाश बहुमुखि क्याम्पसमा पनि अनेरास्ववियूका राजेश हमालको नेतृत्वमा सर्वसहमत नेतृत्व चयन भएको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस