११ फागुन, पर्वत । स्थानिय तहको निर्वाचनमा पर्वत जिल्लाबाट झण्डै ९८ हजार मतदाताले सहभागिता जनाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार हालसम्म ९८ हजारले फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् ।
गत असोज मसान्त सम्ममा जिल्लामा ९७ हजार ३ सय ९३ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् भने ६ सय जना भन्दा बढिले अन्य जिल्लामा नाम लेखाएकाले ९८ हजार भन्दा बढिले मतदानमा सहभागिता जनाउन पाउने भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।
जिल्लामा संकलन भएका ९७ हजार ३ सय ९३ जना मतदाता मध्ये ४६ हजार १ सय ८६ पुरुष र ५१ हजार २ सय ७ महिलाहरु रहेका छन् । पुरुषहरु बढि मात्रामा वैदेशिक रोजगारीका लागि मुलुक बाहिर भएकाले पनि महिलाहरुको संख्या बढि भएको हो ।
मतदाता नामावलीमा नाम लेखाएका मध्ये २ हजार ९ सय ३० जनाले भने मतदानमा सहभागि हुन नपाउने भएका छन् । जस मध्ये १८ वर्षभन्दा कम उमेर समुहका र असोज मसान्त पछि नाम लेखाएकोले उनिहरुले स्थानिय तहको निर्वाचनमा सहभागिता जनाउने नपाउन निर्वाचन अधिकारी शर्माले जानकारी दिए । –लक्ष्मण सापकोटा





प्रतिकृया दिनुहोस्