Print

स्वबीयू निर्वाचन : पर्वत बहुमुखी क्याम्पसमा अनेरास्वबीयूले ताला लगायो

१२ फागुन, पर्वत । स्वतन्त्र विद्यार्थी यूनिएनको निर्वाचन प्रक्रिया शुरु नगरेको भन्दै पर्वत बहुमुखी क्याम्पस फलेवासमा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबीयूले ताला बन्दी गरेको छ ।

क्याम्पसले निर्वाचन नगराउने षडयन्त्र गर्दै निर्वाचन प्रक्रिया नै शुरु नगरेको भन्दै अनेरास्वबीयूले तालाबन्दी गरेको हो ।
अनेरास्वबीयू पर्वतका प्रचार विभाग प्रमुख लकाश सुवेदीका अनुसार क्याम्पसले नियमानुसार निर्वाचन प्रक्रिया शुरु नगरेकाले विद्यार्थी आन्दोलीत बनेका हुन । अनेरास्वबीयूको नेतृत्वमा विहिबार क्याम्पसमा विद्यार्थीले विहान ९ बजे देखि आधा घण्टा धर्ना दिएका थिए भने दिउँसो २ बजेदेखि अनिश्चिकालीन तालाबन्दी गरिएकोे छ ।

क्याम्पसले निर्वाचनको प्रक्रिया शुरु गरे लगतै आन्दोलनका सवै कार्यक्रम फिर्ता हुने विद्यार्थीहरुले बताएका छन ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस