Print

स्थानीय निर्वाचनको कार्यतालिका, उम्मेदवारी दर्ता वैशाख १६ मा

१२ फागुन, काठमाण्डौं । सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको दुई दिनपछि निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कान्तिपुरमा समाचार छ ।

कार्यतालिकाअनुसार वैशाख ३१ गते मुलुकभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगले कार्यतालिकासँगै निर्वाचन व्यवस्थापनमा सहयोग पुर्यााउन सरकारलाई १९ बुँदे निर्देशनसमेत जारी गरेको छ ।

आयोगले निर्वाचनका सन्दर्भमा आयोगबाट भएका निर्णय र अन्तर्गतका कार्यालयबाट भएका पत्राचारलाई सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय निकाय, शैक्षिक संस्थानले उच्च प्राथमिकता दिई तत्काल सम्पन्न गर्ने, आचारसंहिताको पूर्ण रूपमा पालना गर्न गराउन मातहतका सबै निकायलाई निर्देशनका साथै सोको कार्यान्वयनमा आवश्यक सहयोग पुर्यारउन र माग भएको जानकारी तत्काल आयोग र अन्तर्गतका निकायलाई उपलब्ध गराउने निर्देशन दिएको छ ।

सरकारका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, स्थानीय तह, अनुदानमा सञ्चालित विश्वविद्यालय र सामुदायिक विद्यालयका कर्मचारी र शिक्षकको अद्यावधिक विवरण निर्देशन प्राप्त भएको मितिले एक हप्ताभित्र छिटो साधनद्वारा जिल्ला निर्वाचन कार्यालयमा पठाउन निर्देशन दिइएको छ ।

त्यसैगरी, निर्वाचनको कामका लागि आयोग तथा अन्तर्गतकाका र्यालयले माग गरेका कर्मचारीहरू तुरून्त खटाई पठाउने व्यवस्थागर्न, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल टेलिकम तथा विकास आयोजनालगायत सरकारी निकाय, टेलिफोन, फ्याक्स तथाअन्य सञ्चार साधनहरू मर्मत र सेवाबिस्तार गर्नुपर्ने भएतत्कालै मर्मत गरी चालु हालतमा राख्ने तथा निर्वाचनको कामका लागि माग गरेको समयमा प्राथमिकता दिई उपलब्ध गराउन निर्देशन दिएको छ ।

मतदान केन्द्र रहेका विद्यालयमा वैशाख २५ गतेदेखि मतदान सम्पन्न नभएसम्म पठनपाठन, परीक्षा र सबै शैक्षिक क्रियाकलाप स्थगन गर्ने व्यवस्था मिलाउन, सार्वजनिक सञ्चारका माध्यम (रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र, दि राइजिङ नेपाल, राष्ट्रिय समाचार समिति)ले आयोगको निर्देशनानुरूप निर्वाचनसम्बन्धी सूचनालाई प्राथमिकता दिई प्रकाशन तथा प्रसारण गर्नेसमेत निर्देशन दिइएको छ । साभारः कान्तिपुर इन्फोग्राफिक्स ।

प्रतिकृया दिनुहोस्

प्रतिकृया दिन यहा क्लिक गर्नुस