Print

नेष्डो समृद्ध लघुवित्त पातिचौरद्वारा सदस्यलाई फलफूलका बिरुवा वितरण


२० साउन, पर्वत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पातिचौरले ‘हरित अभियान, समृद्ध किसान, फलफूल रोपौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ आफ्ना विभिन्न केन्द्रमा आबद्ध सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ।


संस्थाले वातावरण संरक्षणसँगै कृषक सदस्यहरूको आयआर्जनमा समेत सहयोग पुर्‍याउने उद्देश्यले फलफूलका बिरुवा वितरण गरेको जनाएको छ। भौगोलिक रूपमा टाढा रहेका तथा कार्यालय परिसरमा उपस्थित हुन नसक्ने सदस्यहरूका लागि सम्बन्धित केन्द्रमै पुगेर बिरुवा वितरण गर्ने व्यवस्था मिलाइएको शाखा कार्यालयले जनाएको छ।


कार्यक्रममा उपस्थित सदस्यहरूमध्ये केन्द्र नम्बर १५ मा आबद्ध ज्येष्ठ सदस्य नानी दर्जीको हातबाट फलफूलका बिरुवा वितरण कार्यको शुभारम्भ गरिएको थियो।


शाखा प्रमुख कमल शर्माका अनुसार फलफूल खेतीमार्फत सदस्यहरूको आर्थिक आत्मनिर्भरता बढाउनुका साथै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत संस्थामा आबद्ध विभिन्न केन्द्रका सदस्यहरूलाई फलफूलका बिरुवा वितरण गरिनेछ।