Print

पर्वतमा रास्वपाका उम्मेदवार भुषालको विजयी

२३ फागुन, पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले प्रतिनिधि सभा सदस्यमा मतले विजय हासिल गरेका छन् । रास्वपाका उम्मेदवार सागर भुषालले आफ्ना प्रतिस्पर्धीलाई भारी मतान्तरले फरक पार्दै २६ हजार ५ सय ६१ मत हासिल गरी विजय भएका हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीलाई १० हजार बढी मतान्तरले उछिनेका विजयी उम्मेदवार भुषालले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई ११ हजार बढी मतले फरक पारेका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जोशीले १५ हजार ९ सय ५४ मत, एमालेका गिरीले १५ हजार ७५ मत, नेपाली कम्युनिष्ट पार्टीका मनहरि तिमिल्सिनाले ४ हजार ५ सय ५७ मत हासिल गरेका छन् ।