१४ माघ, पर्वत । नेकपा एमालेको प्रदेश नं ४ को सचिवालय वैठक आगामी माघ १६ र १७ गते पर्वतको पर्यटकीय गाउँ चित्रेमा हुने भएको छ । नेकपा एमाले पर्वत जिल्ला कमिटिको ब्यवस्थापनमा उक्त वैठक आयोजना हुन लागेको हो ।
एमालेको गाउँ जागरण अभियानलाई समेत लक्षित गरेको आयोजना गरिएको उक्त बैठकले जिल्लाको पर्यटकीय सम्भावनाको समेत प्रचार प्रसार हुने जिल्ला कमिटि अध्यक्ष पदम गिरीले जानकारी दिए । प्रदेश कमिटिमा रहेका १३ सदस्यीय एमालेको केन्द्रिय टोली उक्त वैठकमा भाग लिनेछन । वैठकले समसामयीक विषयमा महत्वपूर्ण छलफल गर्ने एमाले श्रोतले जनाएको छ ।
वैठकलाई ब्यवस्थित बनाउन आर्थिक ब्यवस्थापन तथा मूल संयोजनको जिम्मेवारी एमाले जिल्ला अध्यक्ष पदम गिरी, स्थानीय स्तरको ब्यवस्थापन र स्वागतका लागि उपाध्यक्ष भक्त कुवंरलाई जिम्मेवारी प्रदान गरिएको छ । वैठकमा सहभागी हुनका लागि एमालेका केन्द्रिंय नेताहरु १६ गते पर्वत आउनेछन् । अध्यक्ष गिरी भन्छन–‘नेताहरुको स्वागत र वैठक ब्यवस्थापनका लागि आर्थिक श्रोत ब्यवस्थापन र स्वागतको तयारी भईरहेको छ ।’ वैठकसंगै चित्रेमा एमालेको क्षेत्रीय स्तरको आमसभाको समेत तयारी भईरहेको अध्यक्ष गिरी बताउँछन ।
एमालेको क्षेत्रीय भेला र प्रदेश कमिटिको सचिवालय वैठक पछि एमाले नेताहरु पञ्चासे, डहरेलेक, नेपालका अग्ला झोलुंगे पुलहरुको समेत अवलोकन गर्नेछन । उक्त कार्यका लागि जिल्ला कमिटिले ब्यवस्थापन मिलाउनेछन । एमालेका नेताहरुलाई जिल्लाका पर्यटकीय सम्भावना भएका स्थलहरुको अवलोकन गराउँदा त्यसले जिल्लाको पर्यटकीय विकासमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष गिरीले बताए । यस अघि एमालेको प्रदेश कमिटिको वैठक नवलपरासीको मध्यबर्ति थारु होमस्टेमा सम्पन्न भएको थियो ।
Print
एमालेको प्रदेश कमिटिको वैठक पर्वतको चित्रेमा हुने




प्रतिकृया दिनुहोस्