१७ फागुन, पर्वत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले देशमा राजनीतिक स्थिरता कायम गर्न काँग्रेस र एमाले नेतृत्वको सरकार आवश्यक भएको बताएका छन् । नेपाल शिक्षक संघ पर्वतको २५ औँ जिल्ला प्रतिनिधी सभा तथा शिक्षक सम्मान कार्यक्रममा बोल्दै नेता जोशीले राजनीतिक स्थिरताविना विकास निर्माण पनि सम्भव नभएको जिकिर गरे ।
‘वर्तमान सरकार नेताहरुको चाहानाले भन्दा पनि देशको परिस्थितीले निर्माण गरेको हो, ६/६ महिनामा सरकार फेरिदा मुलुकमा बेतिथी, भष्ट्राचार र अराजक बढेको कारण विकल्पको खोजीमा काँग्रेस–एमाले नेतृत्वको बनेको हो,’नेता जोशीले भने । उनले सरकारको कार्यशैलीप्रति आत्तिहाल्नुपर्ने परिस्थिती नआएको बताउँदै राम्रो गर्न नसकेको खण्डमा ८४ सालमा जनताले अनुमोदन गर्ने बताए ।
नेता जोशीले पर्वत काँग्रेसलाई नयाँ ढंगबाट अगाडि बढ्न सझाव दिए । ‘हामी सवैले महशुस गरेका छौँ, हिजोको शैली र ढंगबाट पाटी चलाएर हुँदैन, आगामी निर्वाचनलाई लक्षित गरेर जनताको भावना सँग जोडिन् आवश्यक छ ।,’ उनले काँग्रेस कमजोर नरहेको जिकिर गदै पाटीलाई बलियो बनाउन सवै लाग्नुपर्नेमा जोड दिए । ‘काँग्रेसको इतिहाँसमा कुनै खोट छैन, जनताको भरोसा टुटिसकेको छैन, पाटीप्रति आकर्षण छ तर हामीले जनताको मन र मतलाई जोड्न सकेका छनौँ ।,’ पाटीमा स्वच्छ खवरदारीको आवश्यकता रहेको बताउँदै नेता जोशीले गलत गर्ने जो–कोहीलाई पनि नछोड्न कार्यकर्तालाई आग्रह गरे । नेता जोशीले आफू सक्रिय राजनीतिबाट विश्राम लिउँ भनेपनि आम कार्यकर्ताको विश्वास र भरोसाको कारण झनै बढि सक्रिय रहनुपर्ने वाध्यता रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जोशीले कांग्रेसका मुद्धालाई जोगाउन र समाज रुपान्तरणको निम्ती शिक्षक सङ्गठनले खेलेको भुमिकाको प्रशंसानिय रहेको बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघका संघिय उपाध्याक्ष लक्ष्मी रेग्मी, नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री एवम् कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेस महासमिति सदस्य एवम् शिक्षक संघ पर्वतका संस्थापक अध्यक्ष बसन्त सिके, नेपाली काँग्रेस पर्वतका उपसभापति डाक्टर चुडामणि शर्मा, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता काफ्ले लामिछाने, अर्का सदस्य यामवहादुर मल्ल ‘रामकृष्ण’, नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, पैयुँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी ‘राज’, नेपाली काँग्रेस महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस प्रदेश सभा क क्षेत्रीय कार्यसमितिका सभापति राजकुमार क्षेत्री,नेपाल शिक्षक संघ गण्डकी प्रदेश सदस्य मोती च्वाई, विनोद सुवेदी, नेपाल शिक्षक संघ फलेवास नगर समितिका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, महाशिलाका अध्यक्ष बालकृष्ण शर्मा, जनप्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गणेश थापा, नारायण माध्यमिक विद्यालय प्रधानाध्यापक प्रकाश रिजाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा निवृत्व भएका २० जना शिक्षकलाई दोसल्ला सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
शिक्षक संघ पर्वतका अध्यक्ष यज्ञनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संघकी सहसचिव सावित्री सुवेदी र कार्यक्रमको संचालन सचिव नागेश्वर उपाध्यायले गरेका थिए । आर्थिक प्रतिवेदन अर्थ सचिव नविन कुमार क्षेत्रीले प्रस्तुत गरेका थिए ।




