१७ फागुन, पर्वत । जिल्लामा क्रियाशिल पत्रकार लाई नेपाल प्रेस युनियन पर्वत शाखाको आयोजनामा १ दिने फोटोग्राफी तालिम दिएको छ । पत्रकारहरुलाई सक्षम, आत्मनिर्भर, र प्रविधिसँग अपडेट बनाउन र उनीहरुबाट तयार गरिने समाचारलाई अझ प्रभावकारी र आकर्षक बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको हो ।
प्रविधिको बढ्दो परिर्वतनसंगै डिजिटलाइज हुँदै गएको पत्रकारितामा फोटो खिच्ने कलालाई प्राथमिकता दिनुपर्ने भन्दै प्रेस यूनिएन पर्वतले फोटोग्राफी तालिमको आयोजना गरेको हो । आधारभूत ज्ञान उपलब्ध गराउने उद्देश्यले आयोजीत तालिम कार्यक्रमको आयोजना गरिएको प्रेस यूनिएले जनाएको छ ।
तालिमको उद्घाटन प्रेस यूनिएन पर्वतका संस्थापक ओम प्रसाद शर्मा घायलले गरेका थिए । तालिम कार्यक्रममा पत्रकार महासघं गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारी, पत्रकार महासघं पर्वतका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले आफ्नो धारणा राखेका थिए ।
तालिमले पत्रकारहरुको फोटोग्राफीको आधारभूत ज्ञान हासिल गराइएको प्रेस यूनिएन पर्वतका अध्यक्ष उत्तम अधिकारीले बताए । । प्रेस यूनिएका सचिव सुमनजंग थापाले अनलाईन र इन्टरनेटको युगमा फोटोग्राफी पत्रकारिताको महत्वपूर्ण क्षेत्र रहेको औल्याए । तालिमको सहजीकरण फोटोग्राफर अनमोल शर्माले गरेका थिए ।




