Print

एमाले पर्वतको प्रशिक्षण कार्यक्रम : फरक शैलीको शुरुवात


१४ वैशाख, पर्वत । एमाले पर्वतले निर्वाचित कमिटिको सपथसंगै कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नवनिर्वाचित कमिटिको सपथ ग्रहण लगतै एमालेले विहिबार कुश्मामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरेको हो ।

कुश्मामा आयोजीत कार्यक्रममा एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडीले निर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए । एमालेले दशौं अधिवेशनबाट ८५ सदस्यीय जिल्ला कमिटिको चयन गरेको छ ।

यसै वीच एमाले प्रदेश कमिटि अध्यक्ष नवराज शर्मा, एमाले केन्द्रिय कमिटि सदस्य गोविन्द नेपाली, उत्पीडित जातीय मुुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर वि. पौडेलले विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

गोविन्द पहाडीको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा स्वागत उपाध्यक्ष बिमल लामिछाने र सञ्चालन सचिव सुवासचन्द्र पौडेलले गरेका थिए ।


एमालेको फरक शैली

एमाले जिल्ला अध्यक्ष पहाडीले एमालेको औपचारिक कार्यक्रम फरक शैलीमा सुरुवात गरेको जानकारी दिए । कार्यक्रममा खादा र मालाको प्रयोग नगरिएको पहाडीको भनाई छ । एमालेको केन्द्रिय कमिटिको यस अघिको निर्देशन बमोजीम बत्ताहरु सिमित तोकिएका थिए ।

कार्यक्रमको स्टेजमा पनि बत्ताहरुलाई मात्र आसन ग्रहण गराइएको थियो । पहाडीले एमालेले अव फरक शैली र फरक दृष्टिकोण सहितका औपचारिक कार्यक्रमहरु गर्ने जानकारी दिए । कार्यक्रमका सहभागी अतिथिहरुलाई दर्शक दिर्घामा राखिएको थियो भने, बत्ताहरुलाई मात्र स्टेज उपलब्ध गराइएको थियो ।

प्रशिक्षण कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल आउने तयारी भएपनि प्रतिकुल मौसमका कारण दिनभरजसो पोखरा एयरपोट बन्द भएका कारण पोखरेल आएका थिएनन् ।