Print

निर्वाचित एमाले जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यले लिए सपथ


१४ वैशाख, पर्वत । एमाले पर्वतको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकोछ । एमाले प्रदेश कमिटि अध्यक्ष नवराज शर्माको उपस्थितीमा निर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडीले निर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाएका थिए ।

एमालेले दशौं अधिवेशनबाट ८५ सदस्यीय जिल्ला कमिटिको चयन गरेको छ । निर्वाचन प्रक्रियाद्धारा उपाध्यक्षमा बिमल लामिछाने सचिवमा सुवासचन्द्र पौडेल र उप सचिवमा चण्डि भुर्तेल, बिन्दु अधिकारी निर्वाचित भएका थिए ।

अध्यक्ष पदका प्रत्यासि पदमपाणी शर्मालाई पहाडीले १२१ मतका फराकिलो मतान्तरले पराजीत गरेका थिए । उपाध्यक्षमा मिनप्रसाद श्रेष्ठ, सचिवमा शिव पौडेल र उप सचिवमा जीवन उचै ठकुरी, सरिता भण्डारी पराजीत भएका थिए ।