Print

नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा हाजिरिजवाफ प्रतियोगीता सम्पन्न


१९ फागुन, पर्वत । नेपाल राष्ट्रिय शिक्षक संगठन कुश्मा नगर कमिटिको आयोजनामा हाजिरिजवाफ प्रतियोगीता सम्पन्न छ । प्रतियोगीतामा नगरपालिकाका १४ वटा विद्यालयको सहभागीता रहेको थियो ।

सहभागी टिमहरु मध्ये नमुना आवासीय मा.वि कुश्माले प्रथम स्थान हात पारेको छ । यसैगरी प्रतियोगीतामा नारायण मा.विले द्धितिय स्थान प्राप्त गरेको छ भने राष्ट्रिय बाल शिक्षा सदन तृतिय र कालीगण्डकी एकेडेमीले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगीताका विजयी भएका समूहहरु मध्ये प्रथम हुनेले ६ हजार, द्धितिय हुने समूहले ४५ सय, तृतियले ३ हजार र सान्तवनाले १५ रुपैंया पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगीताको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उमप्रमुख स्वस्थानी रिजालले शिक्षक संगठनले आगामी दिनमा पनि रचनात्मक कार्यक्रमहरु गर्न सुझाब दिइन् । उनले सामुदायिक विद्यालयकाहरुको शैक्षिक क्षेत्र सुधारको मुख्य जिम्मेवारी शिक्षकहरुको नै रहने भएकाले शिक्षकहरु शिक्षण पेशाप्रति वफादार हुनुपर्ने धारणा राखिन् ।

कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दिपक सुवेदी, संगठनका जिल्ला अध्यक्ष दुर्गा पौडेल लगाएतले कार्यक्रममा आफ्नो धारणा राखेका थिए ।

संगठनका कुश्मा नगर कमिटि अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संगठनका सचिव झलक पौडेलले गरेका थिए ।