Print

पर्वतको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय जिल्लाकै उत्कृष्ट

४ माघ, पर्वत । गण्डकी प्रदेश सरकार अन्तर्गतको पर्वत जिल्ला स्थित जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पर्वत जिल्लाको उत्कृष्ट भएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा जलश्रोत तथा सिंचाई डिभिजन कार्यालयलाई उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत गरिएको हो ।

कार्यालयले गरेको कार्य सम्पादनको आधारमा कार्यालयलाई उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत गरिएको हो । उत्कृष्ट कार्यालय घोषणा भएसंगै निमिक्त कार्यालय प्रमुख विष्णहरी अधिकारीले कार्यालयबाट प्रदान गरिने सेवालाई अझै छिटो, छरितो, गुणस्तरिय र नागरिकमैत्री बनाउनुपर्ने दायित्व थपिएको वताएका छन् । उनले सरोकारवाला सबैको अर्थपूर्ण साथ र सहयोगको अपेक्षा थप अपेक्षा पनि ब्यक्त गरे ।

यसै वीच सोहि कार्यालयमा कार्यालय कार्यालय प्रमुख विष्णुहरी अधिकारीलाई उत्कृष्ट प्रदेश निजामती पुरस्कार प्रदान गरिएको छ ।