Print

पर्वतमा १ सय १६ वटा सिंचाईका आयोजना


७ माघ, पर्वत । जिल्लामा कुल १ सय १६ वटा साना र ठुला गरी सिंचाईका आयोजनाहरु सञ्चालनमा छन् । जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतमा १ सय १६ वटा आयोजनाहरु सञ्चालनमा रहेका हुन् ।

कार्यालय प्रमुख विष्णुहरी अधिकारी अनुसार चालु आर्थिक बर्षमा कुल १ सय १६ आयोजनाहरु निर्माणको चरणमा रहे पनि अहिले ३३ वटा आयोजनाहरु भने निर्माण भईरहेका छन् । कार्यालय प्रमुख अधिकारी अनुसार कुल १५ वटा आयोजनाहरु सम्पन्न भईसकेका छन् ।

चालु आर्थिक बर्षको अर्धबार्षिक समिक्षामा कुल आयोजनाको २५ प्रतिशत भौतिक उपलब्धि देखिएको कार्यालय प्रमुख अधिकारीको भनाई छ । बर्षातको समयमा निर्माण कार्यमा समस्या पर्ने भएको हुँदा दिउँदको समयमा निर्माण कार्यलाई तिव्रता दिइएको अधिकारीले बताए ।