२१ मंसिर, पर्वत । नेकपा एमालेले आज कुश्मामा बृहत आम सभाको आयोजना गरेको हो । मध्यपहाडी लोकमार्गमा सम्बृद्धिको संकल्पन अभियान अन्तर्गत एमालेले कुश्मामा बृहत आमसभाको आयोजना गरेको हो । आसभाको सवै तयारी पुरा भएको एमाले जिल्ला कमिटि अध्यक्ष राजु पौडेलले जानकारी दिए । पौडेलका अनुसार एमालेले आज हुने आमसभाका लागि ४ स्थानबाट जुलुस निकाल्ने तयारी गरेको हो । जुुलुस सहित एमालेले झाकी समेतको प्रदर्शन गर्दैछ ।
झण्डै १८ हजार मानिसको सहभागीतको अपेक्षा गरेको एमालेले जनसभा सम्पन्न गर्नका लागि विभिन्न समितिहरुको समेत गठन गरेको छ । एमालेको आज बान्द्रेवीडि चौरमामा हुने आमसभालाई सम्बोधन गर्नका लागि एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज पर्वत आउँदैछन् ।
मध्यपहाडी लोकमार्गको पैदल यात्रामा निस्किएका ओलीले बागलुङको गलकोट हुँदै बागलुङका विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदै पर्वत जिल्लामा आउन लागेका हुन् ।




