४ कार्तिक, पर्वत । संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री महोन बस्नेतले पर्वत अस्पतालको निरिक्षण गरेका छन् । शुक्रबार पर्वत जिल्लामा आएको मन्त्री बस्नेतले पर्वत अस्पतालको निरिक्षण गरेका हुन् ।

अस्पतालको निरिक्षण पछि अस्पतालका अध्यक्ष शंकर गिरी र अस्पताल प्रमुख डा. हेमन्त बास्तोलाले अस्पतालका समस्याहरुको विषयमा स्वास्थ्य मन्त्रीलाई जानकारी गराएका थिए ।
५९ शैयाको क्षमतामा सेवा प्रवाह गरीहेको अस्पताको नवनिर्मित भवन र अस्पतालका उपकरहरुको निरिक्षण स्वास्थ्य मन्त्रीले गरेको अस्पताल श्रोतले जानकारी दिएको छ ।
अस्पतालको निरिक्षण पछि स्वास्थ्य मन्त्री बस्नेतले अस्पतालका लागि आवश्यक उपकरण र जनशक्ति ब्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।




