१९ साउन, पर्वत । जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म बर्षात अवधि शुरु भएदेखि अवैध रुपमा नदी उत्खनन गर्ने ३२ वटा सवारी साधन टिपर, ट्याक्टर र स्काभेटर लाई पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ । ति सवारी साधनबाट ५ लाख २ हजार ५ सय रुपैंया कारबाही स्वरुप जरिवाना तिराएको छ । कारबाही स्वरुप अवैध उत्खनन् गर्नेले ५ लाख रुपैंया राजश्व तिरेको जिल्ला प्रहरी कार्यालय पर्वतको भनाई छ ।
अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन् भइरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वत, प्रहरी चौकी मिलनचोक र प्रहरी चौकी वारीवेनी पर्वतको बगरमा खटिएको प्रहरी टोलीले कुश्मा नगरपालीकाका बिभिन्न स्थानबाट उक्त सवारी साधनहरु नियन्त्रणमा लिएको हो ।
कालिगण्डकी नदीको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका टिपर ५ वटा, स्काभेटर ९ वटा र ट्याक्टर १८ वटा गरी जम्मा ३२ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि कुश्मा नगरपालिकाको कार्यालय पर्वतमा पठाइएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा कालीगण्डकी नदिमा उत्खन्न गर्ने प्रहरी नियन्त्रणमा




