Print

पर्वतमा कोभिडको संक्रमण फेरी बढ्यो

१८ साउन, पर्वत । कोरोना भाईरसको संक्रमण फेरी बढेर गएको छ । जिल्लाका विभिन्न ठाउँमा कोभिड पोजेटिभ हुने विरामीको संख्या बढेर गएको हो ।

स्वास्थ्य कार्यालय र पर्वत अस्पतालका अनुसार रुघा खोकी र ज्वरो आउने लक्षण सहित कोभिडका विरामीको संख्या पछिल्लो सातामा ह्वातै बढेर गएको छ । कोभिडका कारण विरामीलाई जटिल अवस्थामा पनि पुराउन सक्ने भएका कारण यसबाट जोगिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

परिक्षणको दर कम भएका कारण तथ्यांक उल्लेख नभए पनि कोरोना भाईरसका कारण विरामीको संख्या दिनहुँ बढिरहेको स्वास्थ्य कार्यालयको भनाई छ । पछिल्लो समय कुश्मा नगरपालिकामा कार्यरत ६ जना कर्मचारीहरुमा पोजेटिभ देखिए पछि थप सजगता अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । विरामी भएकाहरुले परिक्षण गरेर स्वास्थ्य अवस्था पहिचान गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

कोरोना भाइरसको चौथो लहरको रुपमा ओमिक्रोन भाइरस पुनः सक्रिय भएर र यो भाइरस घातक समेत भएकाले यसको फैलावट दर उच्च रहेको छ । यो भाइरसबाट बच्नका लागि स्वास्थ्यका मापढण्डहरु पूर्ण रुपमा पालना गर्न र माक्स अनिवार्य लगाउन स्वास्थ्य कार्यालय पर्वतले आग्रह गरेको छ ।