Print

एमाले पर्वतको जनसभाको तयारी पुरा, भोली केपी ओली पर्वत आउँदै

२५ चैत, पर्वत । नेकपा एमाले जिल्ला कमिटि पर्वतद्धारा आयोजना भएको वृहत जनसभाको तयारी पुरा भएको छ । एमाले पर्वतले आज पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जनाएको हो ।

एमालेले जनसभालाई विशेष बनाउने गरी तयारी भएको जनाएको छ । जनसभालाई सम्बोधन गर्नका लागि भोली दिउँसो १ बजे एमाले अध्यक्ष ओली पर्वत आउँदैछन् । जनसभा अघि एमालेले कुश्मा बजारमा बृहत जनप्रदर्शन गर्नेछ । एमालेले जनप्रदर्शदलाई सभ्य र भब्य बनाउने गरी एमालेले कार्य योजना निर्माण गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा एमाले केन्द्रिय सदस्य कल्पना चापागाई, केन्द्रिय सदस्य तथा सांसद पमद गिरी जिल्ला अध्यक्ष राजु पौडेलले जनसभा परिचालनको विषयमा जानकारी गराएका थिए । पत्रकार सम्मेलनमा मुल ब्यवस्थापन समितिका संयोजक शिव पौडेलले हालसम्मको तयारीको बारेमा जानकारी गराएका थिए । पौडेलका अनुसार जिल्ला भरका झण्डै २० हजार एमाले कार्यकर्ताहरु जनसभामा सहभागी हुनेछन् ।

जनसभाको लागि आवश्यक सवै समितिहरुले कार्य सम्पादन सकेको बताउँदै पौडेलले आम सभा एतिहासिक हुने दावी गरे । पत्रकार सम्मेलनको सञ्चालन ब्यवस्थापन समितिका सचिव सुवासचन्द्र पौडेलले गरेका थिए । एमालेको जनसभा कुश्माको बान्द्रेवीडि चौरमा आयोजना गरिएको छ ।