२४ चैत, पर्वत । राष्ट्रिय जनमुक्ति पाटीका प्रदेश कमिटि सदस्य एमालेमा प्रवेश गरेका छन् । जलजला गाउँपालिका वडा न ९ निवासी टिकाराम पुन एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गरेका पुनलाई एमाले केन्द्रीय सदस्य पदम गिरी र जिल्ला अध्यक्ष राजु पौडेलले खादा र टिका लगाई एमालेमा स्वागत गरेका छन् । पछिल्लो समय पर्वत जिल्लामा एमाले र कांग्रेस पाटीमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।





