१६ चैत, पर्वत । जिल्लामा माओवादी केन्द्रले आफ्ना गतिविधिहरु बढाउँदै लगेको छ । आसन्न स्थानीय तहको निर्वाचन लक्षित गतिविधिहरु गरिरहेको माओवादी केन्द्रले नेपाली कांग्रेसका क्रियाशिल युवाहरुलाई आफ्नो पाटीमा तान्ने अभियानमा लागेको छ । आसन्न निर्वाचनमा गठबन्धन वीच चुनावी तालमेल हुने निर्णय भएको हुँदा निर्वाचनमा कांग्रेस र समाजवादीको भोट लिएर ठूलो पाटी बन्ने होडमा लागेको माओवादी केन्द्रमा जलजलाका युवाहरु पाटी प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य जलजला गाउपालिका सदस्य धाईरिङका प्रभावशाली नेता एवं सामाजिक ब्यत्तिध्m थम वहादुर थापा नेतृत्व को दर्जनौं नेता कर्याकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । नव प्रवेशीहरुलाई माओवादी केन्द्रका नेता दिपक आचार्यले स्वागत गरेका छन् ।
यस अघि माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष सहितका कयौ कार्यकर्ताहरु माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्न थालेपछि माओवादी केन्द्रको ध्यान कांग्रेस कार्यकर्ताहरुमा तानिएको छ । नेपाली कांग्रेससंग चुनावी तालमेल गरी ठूलो शक्ति बन्ने दाउमा रहेको माओवादी केन्द्रले विजयी निश्चित भएका पालिका र वडाहरुमा आफ्नो दावी गर्नेछ । एमालेको शक्तिलाई क्षिण बनाउने र कांग्रेसको किल्लामा प्रहार गर्ने गरी माओवादी केन्द्र निर्वाचनमा जाने तयारीमा देखिन्छ ।
पालिका प्रमुख नपाएको ठाउँमा उप प्रमुख वा उपाध्यक्षमा दावा गर्ने र निर्वाचन जित्ने आधार देखिएका वडाहरुमा वडा अध्यक्ष दावा गर्ने सम्भावना रहेको छ ।
उता, नेपाली कांग्रेसले भने आफूले जित्ने सवै पालिका र वडाहरुमा एक्लै निर्वाचन लड्ने तर निर्वाचन जित्न नसक्ने पालिका र वडाहरुमा मात्र तालमेल गर्ने आन्तरीक तयारी गरीरहेको छ ।




