२८ फागुन, पर्वत । नेपाली कांग्रेस तथा माओवादी केन्द्र परित्याग गरी पर्वतको कार्किनेटामा दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष भोलानाथ शर्मा, नेपाली कांग्रेस सक्रिय कार्य समिति सदस्य कमल बहादुर छेत्री, टोल कांग्रेस टोल समिति अध्यक्षहरु पूर्ण बहादुर जिसी, देउबहादुर छेत्री, कृष्ण बहादुर स्रेष्ठ, टेकबहादुर सुनार वडा समिति सदस्य निश्चल स्रेस्ठ एमाले मा प्रवेश गरेका छन् ।
यसैगरी छबिलाल शर्मा, दिनेश शर्मा, दुलप्रसाद शर्मा, महदत्त शर्मा, गोविन्द प्रसाद शर्मा लगायतका दर्जनौ कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमालेको पाटि प्रवेश तथा अगुवा कार्यकर्ता भेलामा उनिहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुलाई एमाले उपाध्यक्ष पदमपाणी शर्माले टिका लगाएर एमालेमा प्रवेश गराएका हुन् ।
मुलुकलाइ सम्बृद्धि र बिकासको बाटोमा लैजाने एमाले नै रहेकाले एमाले प्रति जनताको आकर्षक बढेको उपाध्यक्ष शर्माले बताए । एमाले वडा कमिटी अध्यक्ष गिरि नारायण स्रेस्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलो संचालन उप सचिव भोला पौडेलले गरेका थिए ।।




