२६ फागुन, पर्वत । माधव नेपालले नेतृत्व गरेको समाजवादी पाटी (नेकपा एस) का जिल्ला सचिव लोकेन्द्रजंग लामिछाने एमालेमै फर्किएका छन् । नेकपा एमालेका नेता लामिछाने माधव समूहले नयाँ पाटी गठन गरेसंगै एकिकृत समाजवादीमा लागेका थिए ।

माधव समूहका नेताहरुले राष्ट्र र राष्ट्रियताको पक्षमा काम गर्न नसक्ने भन्दै एमालेमा फर्किएका हुन् । उनले तत्कालीन नेकपा एमाले भित्र केहि मुद्धामा आफ्ना विमत्ति रहेपनि एमाले नै जनतको पाटी भएका कारण उक्त पाटीबाट अलग रहन नसक्ने उनले बताएका छन् । एमालेमा फर्किएका लामिछानेलाई एमालेका केन्द्रियद्धय कल्पना चापागाई र पदम गिरीले पाटीमा स्वागत गरे ।
माधव समूहका रहेका नेताहरु लोपी पापीहरुको जमात रहेका कारण उनीहरुले राष्ट्रका लागि केहि गर्न नसक्ने लामिछानेको भनाई छ । सत्ताको लोभमा सवै प्रकारका सन्धी सम्झौता गर्न तयार रहेको नेकपा एस पाटीका सवै कार्यकर्तालाई पुरानै घरमा फर्किन लामिछानेले अनुरोध गरेका छन् ।
कार्यक्रममा पाटी केन्द्रिय सदस्य तथा संविधा सभाका सदस्य कल्पना चापागाईले एमालेलाई कमजोर बनाउने शक्ति अव सफल नहुने बताईन । उनले एमालेले लिएको नीति कार्यक्रम र जनताको बहुदलीय जनवादको बाटो छोड्न नहुने बताई ।
एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीे एमाले नै देशमा कम्युनिष्ट पाटीको मुल प्रवाह भएकाले घर छोडेका सवै कार्यकर्तालाई घरमा फर्किन आग्रह गरे । उनले विभिन्न प्रलोभनमा पारेर केहि कार्यकर्तालाई एमालेबाट बाहिर लगिएको भन्दै बलियो कम्युनिष्ट पाटी र एमालेको नीति कार्यक्रमबाट नै देशलाई सम्बृद्ध बनाउने सकिने धारणा राखे ।
लामिछाने तत्कालीन तिलाहार गाविसका पूर्व गाविस अध्यक्ष समेत हुन् ।
यसैगरी माओवादी केन्द्र परित्याग गरी प्रवास नगर कमिटिका नेता प्रेमबहादुर हमाल, प्रवास वाईसिएल ब्यूरो प्रमुख सन्जीपराज शर्मा, अनेरास्ववीयू कास्की जिल्ला सदस्य अशोक शर्मा तथा सुरक्षा शर्मा लगाएतका नेता तथा कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् ।




