Print

एमालेको दवाव पछि देउवा सरकार चुनाव गराउन तयार भयो – सांसद गिरी

१९ माघ, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले देउवा सरकार एमालेको दवाव पछि चुनावमा केन्द्रित भएको दावी गरेका छन् । नेपाल प्रेस अनलाईनसंगको अन्तर्वातामा एमाले नेता गिरीले निर्वाचनबाट भाग्न लागेको देउवा सरकार एमालेको दवाव पछि मात्रै चुनावमा सहमत भएको बताएका छन् । आवधिक निर्वाचनमा एमालेको स्पष्ट धारणा रहेको भन्दै नेता गिरीले निर्वाचनबाट कोहि पनि भाग्न नहुने धारणा राखे ।

उनले सिंगो एमाले, पूर्व निर्वाचन आयुक्तहरु, पूर्व प्रधानन्यायधिसहरु र बुद्धीजीविहरुको चौतर्फी दवाव पछि मात्र गठबन्धन निर्वाचनको लागि तयार रहेको दावी गरेका छन् । जुनसुकै बेलामा हुने निर्वाचनमा एमाले तयार रहेको उल्लेख गर्दै उनले निर्वाचन नै लोकतन्त्रको सुन्दरता भएकाले संविधानले तोकेकै मितिमा निर्वाचन गर्नुपर्ने उनले धारणा राखे ।