१९ माघ, पर्वत । पैयू गाउँपालिकाले विकास निर्माणका योजनाहरुको विषयमा भ्रम फैलाएको भन्दै स्थानीय र जनप्रतिनिधिहरुले विरोध गरेका छन् । गाउँपालिका भित्रका कर्मचारीहरुले राजनीति गर्दै गाउँपालिका भित्र हुँदै नभएका योजनाहरु गाउँपालिका आफैले गरेको भन्दै भ्रम फैलाएको भन्दै स्थानीयबासी र जनप्रतिनिधिले विरोध गरेका हुन् । एमाले नेता तथा वडाअध्यक्ष महेन्द्र श्रेष्ठले कर्मचारीहरु बाट नै राजनीति हुन थालेपछि त्यसको प्रतिकार र विरोध भएको बताए । स्थानीयबासी बलकुमार क्षेत्रीले पूर्ववती सरकारले गरेका विकास आयोजनाहरुको काम पनि गाउँपालिका आफैले गर्नु भनेको सार्वजनिक रुपमा भ्रम फैलाएको आरोप लगाएका छन् ।
गाउँपालिका स्थापना भए पछि नेकपा एमालेको संघीय सरकार र प्रदेश सरकारले विकास आयोजनामा थुप्रै काम गरेको तर गाउँपालिकाले एमालेले विनियोजन गरेका कतिपय योजनाहरु सम्झौता नगरी फर्काएको गाउँपालिकालाई आरोप लागेको छ । गाउँपालिकाले राजनैतिक आडमा योजनाहरु सम्झौता नै नगरी फर्काउने र स्थानीयबासीलाई दुःख दिने काम गरेको समेत स्थानीयबासीले आरोप लगाएका छन् । सडक, पुल, खानेपानी तथा सिंचाईका ठूला आयोजनाहरु एमाले नेतृत्व सरकारले नै पैयू गाउँपालिकामा शुरुवात गरेको भन्दै अरु दलले गरेको प्रचार गलत रहेको एमाले पैयू गाउँपालिकाका अध्यक्ष चोकलाल न्यौपाने बताउँछन् ।
नेकपा एमाले निकट नेता र स्थानीय बासीले गाउँपालिकाका कर्मचारीले सार्वजनिक गरेको उपलब्धि विवरणको विषयमा सार्वजनिक गरेको धारणाको हुबहु कपि तल उल्लेख गरिएको छ ।
…………………………………………………………….
पैँञ्यु गाउँपालीकाको सरकारी कर्मचारी जसले राज्यको ढुकुटि बाट तलब सुबिधा लिनु हुन्छ तर नेपाली कांग्रेस पार्टिको सचिब पदमा रहि र सरकारी अड्डाबाट राजनैतिक पार्टिको काम गरिरहनु भएको छ, जसको नैतिकता माथिनै गम्भिर प्रश्न उठिरहेको यस्तो अवस्थामा छलकपट, ढाँट र भ्रम श्रृजना हुने गरि (पैयूँ गाउँपालिकाका महत्त्वपूर्ण उपलब्धि र परियोजनाहरु )नाम दिएर बुँदागत प्रशँसा गरिएको टिप्पणी प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।
स्थानिय निकायको कार्यकाल सकिने अवधिसम्म स्थानीय सरकार ऐन र बिधि मिचेर शिक्षा, स्वास्थ्य र कृषिमा गरेको अनियमितताको बारेमा आफ्नो पालिकाको हिसाबकिताव सार्बजनिक गर्न नसक्ने ७५३ स्थानीय तह मध्यको एक मात्र गाउँपालीका पैँञ्यु गाउँपालीका हो ।भ्रष्टाचार ,सवारी साधन दुरुपयोग र तेल काण्डको फेहरिस्ता बिभिन्न मिडियामा प्रत्यक्ष नेपाली जनताले देखेको र थाहा पाएको बिषय बस्तु यहाँ कतै यो स्तम्भमा देख्न र पढ्न पाइएन तर पनि म बुँदागत बिषयमा नै टिप्पणी गर्न चाहान्छु ।
यस बिषयलाई सार्बजनिक ठाँऊमा बहसको बिषय बनाउन चाहन्छु।
बुँदाहरू
१ , प्रशासकीय भवन निर्माणका लागि १२ रोपनी भन्दा बढी निजी जग्गा निशुल्क प्राप्त भइ भवन निर्माण कार्य तिव्र रुपमा अगाडी बढिरहेको छ ।–
खंडन –
निर्माणाधिन बाहेक यो बुंदा नै कति भ्रम र कपोलकल्पित छ भन्ने प्रमाण जग्गादाताहरु बाट नै पालीकामा ढाँटछलको उजुरी परेको छ।जग्गादाताहरुलाई झुक्काएर ३ रोपनी पास गरि लिएको र त्यो दिए बापत सरकारी जग्गा सोधभर्ना गरि दिनेछौ भनि लिखित कागजात गरिएको कबुलियतनामा पत्र पैँञ्यु–१ ढुंगेखर्कका जनतालाई भ्रम पारि लिएकोमा त्यस बापतको जग्गा उपलब्ध नगराएकोले त्यस उपर छलफल गरि पाउँ भनि वडा कार्यलय पैयु–४ र पालीकामा निबेदन दर्ता भएको छ। अब जनाफ दिनुहोस ९ रोपनी जग्गा कहाँ छ र छलकपट गरि लिएको जग्गा बापतको क्षतिपुर्ति पैयु–१ ढुंगेखर्कका जनताले कहाँबाट र कहिले पाउँछन्?
२ , १० शैयाको अस्पतालका लागि जग्गा व्यवस्थापन भै निर्माणका लागि कार्य चलिरहेको छ । –
खण्डन–
जग्गा व्यवस्थापनको लागि पैँञ्यु–४ पाट्नेथर निवासीहरुले ९०% जग्गा निसुल्क र बाकि १०% न्युनतम मुल्यमा दिएको मा त्यो रकम भुक्कानी नभएको र नेकपा( एमाले) को नेतृत्वमा बनेको केपि ओलीको सरकारले एकै दिन ७५३ स्थानीय कह मध्ये ३९६ मा सिलन्यास गरेर करिब १४ करोड रकम सम्मानिय राष्ट्रिय सभाको अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सिनाको पहलमा बजेट विनियोजन गरिएकोमा गाउपालीकाले बिभिन्न बहानामा ७ महिना काम सञ्चालन गर्न ढिलाई गरिएको।
३ , वडा नं ः ५ र ७ को कार्यालय निर्माण सम्पन्न भइ सेवा प्रवाह भैरहेको छ । –३ र ६ को लागि जग्गा प्राप्त भै निर्माण प्रकृया सुरु हुँदै छ । –
खण्डन–
नेकपा को केपि ओलीको नेतृत्वमा सयुक्त सरकार हुँदा सबै स्थानीय तहमा कार्यालय बनाउने योजना अनुसार सम्पन्न र निर्माणाधिन ।
४ , अब करिब बरिब कच्ची सडक नपुगेको टोल छैन ।
५ , वडा नंः १ मा खानेपानी सुविधा एउटा निर्माणाधीन योजना सम्पन्न भए पश्चात् सुविधा सम्पन्न हुँदै छ । –
खंडन –
नेकपा (एमाले) को गण्डकी प्रदेश सरकार हुँदा माननीय पदम गिरि र माननीय बिकास लम्सालको पहलमा बजेट विनियोजन भएकोमा उपभोक्ता समिती बनेर सम्झौता गर्न आउँदा सम्झौता नगरिदिएको र पछि जनताको आवाजलाई थेग्न नसकेर ३ महिना पछि सम्झौता गरि योजनाको काम सञ्चालन भएको ।
६ , पैयूँ ७ भोर्लेमा काभ्राभञ्ज्याङ खानेपानी र दासिङ लिफ्ट खानेपानी योजना सम्पन्न भइ खानेपानी सुविधा पुगेको छ ।–
खंडन –
यो पनि प्रदेश पृथ्वीसुब्बा गुरुङ सरकारको मुख्य मन्त्री संग एक घर– एक धारा कार्यक्रम हो ।
७ , पैयूँ ५ को भुर्तेलथोकमा र पैयूँ ७ को हिलेमा स्वास्थ्य इकाई स्थापना भई स्वास्थ्य सुविधा पुगेको छ ।
स्लास्थ्य मन्त्रालयको प्रत्येक वडा को नागरिकलाई स्वास्थ्य पहुच अन्तरगतको निरन्तरता
८ , हुवास स्वास्थ्य चौकी , त्रिवेणी स्वास्थ्य चौकी , मा ल्याव स्थापना भइ सञ्चालनमा आएको छ । सरौंखोला स्वास्थ्य चौकी , भोर्ले स्वास्थ्य चौकीमा स्थापनाको चरणमा छ । यो वर्ष हुन्छ ।
९ , वडा नं ः ४ को कार्यालय भवन तला थप भइ व्यवस्थित भएको छ ।
खण्डन–
यो तला निर्माण गर्न पहिलो गाउँसभा बाट पारित भएको तर नेकपा( एमाले) यो वडा मा निर्वाचित भएकोले ४ बर्ष सम्म कार्यान्वयन नगरिएकोमा यो बर्ष रकम जिल्ला समन्वय समिती पर्बतले थप तला निर्माण गर्ने सर्तमा पालीका मार्फत ४० लाख दिएकोमा २३ लाख को टेन्डर गरि १८ लाखमा सम्पन्न भएको हो।
१० , यसै समयमा प्रदेश सरकारको लगानीमा मर्दिखोला , शिव्दीखोला , गेडीखोला , शेराखोलामा मोटरेवल पुल निर्माण सम्पन्न भई सञ्चालनमा छन् । गल्छिणामा निर्माण तिव्रताका साथ चलिरहेको छ । –
खण्डन –
नेकपा( एमाले) ले सरकार चलाउदा तत्कालीन प्रदेश सरकारका माननीय मन्त्री बिकास लम्साल र प्रतिनिधि सभाका माननीय पदम गिरि को पहलमा बजेट विनियोजन भएर दुर्गम पैँञ्युलाई सुगम बनाइएको हो।
११ , यसै अवधिमा टकलाक स्वास्थ्य चौकी , त्रिवेणी स्वास्थ्य चौकी , सरौंखोला स्वास्थ्य चौकी भवन निरमाण सम्पन्न भई सञ्चालनमा आएका छन् ।
१२ , , वालिङ हुवास रानीपानी सडकको पैयूँ खण्ड कालोपत्रे भएको छ । लुङ्खु हुवास हुने क्रममा छ ।–
खण्डन–
नेकपा( एमाले) ले सरकार चलाउदा तत्कालीन प्रदेश सरकारका माननीय मन्त्री बिकास लम्साल र प्रतिनिधि सभाका माननीय पदम गिरि को पहलमा बजेट विनियोजन भएर दुर्गम पैयुलाई सुगम बनाएको तर हातेमालो चोक– लुँखु खण्ड ठेकेदारको लापरबाहीले अलपत्र भएर सम्माननीय अध्यक्ष श्री गणेश तिमिल्सिनाको दबावमा पुनः काम सञ्चालन गरिएको तर गाउँपालीकाको नेतृत्व संग आन्तरिक सहमती गरि सेतीखोला दोहन गरेर निजी आम्दानीको श्रोत बनाइएको छ।
१३ , पैयूँ २ त्रिवेणीमा घोम्सुङ लिफ्ट खानेपानी योजना र गुराँसे गैह्रा खानेपानी योजना सम्पन्न भई घोम्सुङ र अम्बोटमा खानेपानी सुविधा पुगेको छ । –
खण्डन –
माननीय बिकास लम्सालको पहलमा रकम विनियोजन गरि काम सम्पन्न भएको त उपभोक्ताले बिजुली महसुलमा छुट पाउने सुविधा गाउँपालिका बाट नपाएको
१४ , यो वर्ष ७ महत्वपूर्ण स्थानमा झोलुङ्गे पुल निर्माण सम्पन्न हुँदै छ । –
खण्डन
यो कार्यक्रमको बजेट केन्द्र बाट प्राप्त भएको र इन्प्रेड नेपाल संस्थाले काम सञ्चालन गरेको हो।
१५ , , कृषि यान्त्रिकरणका लागि किसानहरुलाई विभिन्न उपकरण वितरण ।–
खण्डन–
कमसल र थोरै मुल्य पर्ने समान ल्याएर कृषकलाई ठगिएको र चरम भ्रस्टाचार गरिएकोले सार्बजनिक सुनुवाई गर्न नसकेको।
१६ , , किसानहरुको भकारो सुधारमा सहयोग उपलब्ध गराइएको छ –
खण्डन–
आफ्नै कार्यकर्तालाई बितरण गरिएको र केहि शंका लाग्नेलाई आफ्नो पार्टिको सदस्यता सरकारी टेवलबाट दिएर बितरण गरिएको
१७ , धान ब्लक , पकेट जस्ता कार्यक्रम संगको समन्वयमा र गाउँपालिकाको आफ्नै लगानीमा धेरै संख्यामा साना सिंचाइ कुलाहरु मर्मत भएका छन् ।–
खण्डन–
प्रदेश सरकारको योजना अन्तर्गत समितीका पदाधिकारी आफै खटेर ल्याएको हो यसमा पालिकाको कुनै भुमिका नरहेको।
१८ , पैयूँ ३ मा जेष्ठ नागरिक दिवा सेवा भवन निर्माण सम्पन्न भएको छ अहिले क्वारेन्टाइन स्थापना भएको छ ।–
खंडन –
माननीय बिकास लम्साल मन्त्री हुँदा रकम विनियोजन गरिएको हो।
१९ , धेरै स्थानहरु जोड्ने गरि नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।
२० , विपन्न परिवारको खरको छाना विस्थापन गर्ने कार्य सम्पन्न हुने क्रममा छ । –
खंडन –
सम्माननीय राष्ट्रिय सभाको अध्यक्षको ठाडो निर्देशनमा शहरी बिकास मन्त्रालय बाट पर्वत मा १०८६ घरधुरिलाई बितरण गरिएकोमा पैयु गाउँपालीकालाई १४० घरधुरीलाई दिइएको हो।
२१ , पैयूँ ७ भोर्लेलाई बालमैत्री स्थानीय शासन सहितको वडा घोषणा गरि सोही अनुसार अभ्यास भैरहेको छ । वडा स्तरमा स– साना धेरै योजनाहरु सम्पन्न भएका छन् । यहाँ उल्लेख गरिएको योजना निर्माण, सम्पन्न र निर्माणाधिनको बिषयमा यथार्थ छलफल र बहस गरौ यो सबै बुँदाहरूमा ।
अब कसको कारणले यो सबै काम भएको रहेछ ? सत्य यसरी बोल्छ ।
अन्त्यमा,
पैँञ्यु गाउँपालिकाको बर्तमान नेतृत्वले कहिँ कतै एक फिट पिच मोटरबाटो वा अरु कुनै जनताको आभास हुने गरि कुनै काम गरेको भए कृपया कमेन्टमा लेख्नु होला। त्यसपछि हामी फेरि जोडिने छौ ।




