Print

अर्मादी–बनौ अब साइकलमै सरर, आज देखि कालोपत्रे विच्छाइदै

१९ माघ, पर्वत । जिल्लाको पर्यटकीय गाउँ बनौ पुग्ने सडक अव कालोपत्रे हुँदैछ । ग्रामीण सडक सञ्जाल आयोजना (आरसिआइपि) कार्यक्रमले विगत ३ बर्ष देखि निर्माण कार्य शुरु गरेको उक्त सडकमा आज देखि कालोपत्रे विच्छाउने कामको शुरुवात हुँदैछ । अर्मादी देखि खुर्कोट पाङ हँुदै बनौसम्म पुग्ने झण्डै १५ किलोमिटर सडकमा कालोपत्रे विच्छाउने कामको शुरुवात हुन लागेको हो । उक्त सडक निर्माणको चरणमा रहेको छ ।

सडक निर्माण सम्पन्न गर्नुपर्ने मिति गुज्रे पनि अव केहि समयमा सडक निर्माण कार्य सकिने कार्यालयले जनाएको छ । सडक निर्माणको क्रममा कोभिड र मौसमी प्रतिकुलता भएका कारण निर्माण कार्य प्रभावित भएको थियो । यो सडक निर्माण भएपछि कुश्मा नगरपालिकाको २ वटा वडा र जलजला गाउँपालिकाको एउटा वडा पूर्ण रुपमा लाभान्वित हुनेछन् ।

कुश्मा नगरपालिका भित्रको खुर्कोट र पाङका स्थानीय लाभान्वित हुनेछन भने जलजलाको बनौका स्थानीय यो आयोजनाबाट लाभान्वित हुनेछन् । आरसिआइ आयोजना मार्फत निर्माणको चरणमा रहेको जिल्लाका अन्य ७ वटा सडकहरुको डिपिआर निर्माणको काम सकिएको र अव केहि समयमै ठेक्काको चरणमा लैजाने गरी तयारी भइरहेको संघीय सांसद पदम गिरीले जानकारी दिए ।

उनले मिलन चोक लेकफाँट शालिजा सडक र पातिचौर बाजुङ क्याङ सडक परियोजना अन्तर्गत प्राथमिकतामा राखिएको समेत जानकारी दिए । आयोजना अन्तर्गत लमायखोला लुंखु र लुंखु हुवास सडक पनि कालोपत्रेको चरणमा रहेको छ ।