७ जेठ, पर्वत । कोरोना सङ्क्रमणबाट पर्वतमा आज थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका–१ का ५२ वर्षका पुरुष, कुश्मा नगरपालिका ६ का ४७ वर्षका पुरुषको मृत्यु भएको छ ।
यस्तै जलजला गाउँपालिका–४ का ३८ वर्षका पुरुष र मोदी गाउँपालिकाका ७८ वर्षका महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै पर्वतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।





