
९ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमणको दर क्रमशः बढेर गएको छ । निषेधाज्ञाको तेस्रो हप्ता पार गर्दा पनि जिल्लामा कोरोना संक्रमणको ग्राफ भने उकालो नै लागिरहेको छ ।
संक्रमण घट्दा र कुनै समय शुन्यमा पुग्ला भन्ने आशा गरीरहेको बेलामा संक्रमण र मृत्युको दरमा कुनै कमि आएको छैन् । प्रत्येक दिन न्यूनतम १ जनाको मृत्यु भइरहेको छ भने संक्रमणको दर पनि बढिरहेको छ ।
आज मात्रै पुष्टि भए अनुसार पर्वतको पैयू गाउँपलिाका वडा ४ का ६० बर्षिया पुरुषको पोखरामा मृत्यु भएको छ । उनको पोखरा स्थित शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
यो संगै कुल मृत्युको संख्या ३४ पुगेको छ । संक्रमणले अझै पनि भयावहको रुपमा लिनसक्ने देखिन्छ ।
संक्रमणको दर र तथ्यांक हेर्दा पनि त्यो उच्च नै देखिन्छ । पहिलो साता थोरै मात्रामा देखिएका संक्रमीतहरु दोस्रो सातामा ह्वातै धेरै देखिए । दोस्रो साताको मध्यसम्म एकै दिन ९४ जनासम्म संक्रमीत फेला परेका थिए । त्यो दर केहि दिन घटेको देखिए पनि अन्तिम दिन आज भने पुन ७० जनामा संक्रमण पुष्टि भएको छ । यो जिल्ला भरका संक्रमीतको संख्या हो ।
अहिले बजार क्षेत्रमा निकै कम संक्रमीत भेटिएका छन् भने ग्रामीण क्षेत्रमा त्यो दर बढेर गएको छ । एउटै गाउँमा परिक्षण गरिएका मध्ये झण्डै ६० प्रतिशत भन्दा बढि संक्रमीत फेला परीरहेका छन् । यसले तथ्यांक अझै पनि उकालो लागिरहेको देखाउँछ ।




