७ जेठ, पर्वत । जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । संक्रमण पुष्टि हुने तुलनामा मृत्यु दरमा पनि बृद्धि हुँदै गएको हो । हालसम्म संक्रमीत मध्ये अस्पताल र होम आइसोलेसनमा गरी कुल २८ जनाको मृत्यु भईसकेको छ ।
संक्रमणका कारण मृत्यु हुनेको संख्या पर्वतमा भने देश भरी कै उच्च रहेको तथ्यांक देखाउँछ । देशभर प्रति दिन मृत्यु हुनेको संख्याको तुलानामा जिल्लाको जनसंख्या र भूगोल तथा संक्रमीतको संख्यालाई आधार बनाउँदा मृत्युदर उच्च देखिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार कुल १० लाख जनसंख्या मध्ये नेपाल भरी १ सय ८३ जनाको मृत्यु दर देखिन्छ भने पर्वतमा त्यो भन्दा धेरै देखिएको छ । कार्यालयका अनुसार प्रति १० लाखमा पर्वत जिल्लामा १ सय ८९ जनाको मृत्यु भएको देखिन्छ ।
प्रति दश लाखमा हिसाव गर्दा पर्वतमा १ सय ८९ जनाको मृत्यु दर देखिनु देश भरीको तथ्यांकको उच्च दर भएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
देश भरीको संक्रमण दर भन्दा पर्वतको भने कमी रहेको तथ्यांक स्वास्थ्य कार्यालय संग छ । देश भर प्रति १० लाखमा १५ हजार ९ सय ६१ जना संक्रमीत भएका छन भने पर्वतमा प्रति दश लाख जनसंख्यामा ४ हजार ३ सय १३ जनामा संक्रमण देखिएको छ ।





