Print

कुश्माको कटुवाचौपारीमा बेवारिसे शव फेला

 २५ भदौ, पर्वत । पर्वतमा बेवारिसे शव फेला परेको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं। ९ कटुवचौपारी स्थित पाटेश्वरी मन्दिर नजिकै एउटा वेवारिसे शब फेला परेको हो। बुधवार दिउँसो शब भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार तीनरचार दिन अघि मृत्यु भएको जस्तो देखिने शब अम्दाजी ५० वर्षिय पुरुषको हो । कालो जिन्स पाईन्ट र सेतो र रातो धर्से सर्ट लगाएका ती पुरुषको पहिचान हुन नसकेको प्रहरीको भनाई छ ।

उक्त शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको प्रहरी निरिक्षक मनिष श्रेष्ठले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।